राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन जिल्ला कार्यालयमा आगलागि

नवलपुर टुडे
२०७९ मंसिर ११ | बिहान ११:०८ बजे

चितवन, मंसिर ११ । राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन जिल्ला कार्यालयमा आगलागि भएको छ ।
भरतपुर–११ भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा आगलागि भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागिबाट कार्यालय भित्र रहेका केही फर्निचरका सामाग्रीहरु कुर्चि, झण्डा जलेका छन् ।
बाहिर ढोकामा चाबी लागिरहेको अवस्थामा भित्रका केही सामानहरु जलेको प्रहरीको भनाई छ ।






















