मुख्य समाचार

रविको नागरिकता विवादमा निर्वाचन आयोग निरीह, संवैधानिक इजलासमा उजुरी पर्ने सम्भावना

नवलपुर टुडे
२०७९ मंसिर ९ | मध्यान्ह ०१:०८ बजे

काठमाडौ, मंसिर ०९ । चितवन २ बाट भारी मतान्तरले विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवाद भुसको आगो बनेको छ । उनले बाहिर स्पष्ट कुरो नभने पनि अमेरिकी नागरिकता लिने क्रममा त्यागेको नेपाली नागरिकताकै आडमा उनी मतदाता र उम्मेदवार बनेपछि उक्त विषय झन् पेचिलो भएको छ । 

मतदानअघिको मौन अवधिमा चितवनका राजकुमार पाण्डेले आयोगलाई बोधार्थ दिएर चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हालेको लिखित उजुरीको स्पस्टिकरण चुनावी परिणाम आउन थालेपछि पछि बल्ल काठमाडौंको कान्तिपथस्थित बहादुर भवन आइपुगेको छ । २४ घण्टा,३ दिन पनि नभनी आयोगले ढुक्कसँग चुनाव नसकुन्जेललाई ७ दिनको म्याद दिएको थियो । 

तर अस्ति बुधबार साझ आएको उक्त फाइलसँगै बिहीबार लामिछाने निर्वाचित भएको घोषणा गरिसकिएको छ । 

निर्वाचन अधिकृतको कार्यालयले चितवनबाट बुधबार आयोगमा फाइल पठाए पनि बिहीबारदेखि सचिव गोकर्णमणि दुवाडी बिरामी भएर अस्पताल भर्ना भएका छन् । सचिव बिरामी भएपछि लामिछानेको उक्त फाइल सचिवालयले प्रमुख निर्वाचन आयुक्तसमक्ष पेश गर्न नपाएको र आयोगले यसवारे केही निर्णय नगर्ने स्रोतको दाबी छ । जन आस्थाबाट साभार

कमेन्टहरु