मुख्य समाचार

नवलपुरमा म्यादी प्रहरीको विदाई (तस्बिर सहित)

नवलपुर टुडे
२०७९ मंसिर ८ | मध्यान्ह ०५:०८ बजे

कावासोती, मंसिर ८ । मंसिर ४ गते सम्पन्न आम निर्वाचन २०७९ सुरक्षार्थमा खटिएका म्यादी प्रहरीहरूलाई बिहिवार जिल्लाको कावासोतीमा एक कार्यक्रम गरि विदाई गरेको छ ।

नवलपुर जिल्ला प्रहरी कार्यालय कावासोतीमा एक कार्यक्रमका बीच निर्वाचनमा खटिएका म्यादी प्रहरीहरुलाई बिदाई गरिएको हो ।

विदाई कार्यक्रम प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको प्रमुख आतिथ्य र प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपुर्ण तवरले सम्पन्न गर्न अतुलनीय भूमिका निर्वाह गरेकोमा आवश्यक धन्यवाद, कामको उच्च मुल्याङ्कन तथा उज्जवल भविष्यको कामनाका साथ प्रमाण पत्र प्रदान गरि विदाई गरेको हुन ।

त्यसै क्रममा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी र म्यादी प्रहरीलाई नगद तथा प्रशंसा पत्रसमेत प्रदान गरिएको थियो ।

photo 2022 11 24 17 12 08photo 2022 11 24 17 12 10photo 2022 11 24 17 12 19photo 2022 11 24 17 12 12photo 2022 11 24 17 12 20

कमेन्टहरु