बाँकेको ३ (ख) मा काँग्रेसका कुर्मी निर्वाचित

नवलपुर टुडे
२०७९ मंसिर ८ | बिहान १०:०८ बजे

बाँके । बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ अन्तरगत पर्ने प्रदेश सभा (ख) मा नेपाली काँग्रेसका बादशाह कुर्मी निर्वाचित भएका छन्।
काँग्रेस नेता कुर्मी २ हजार ४ सय ८३ मतको अन्तरले निर्वाचित भएका हुन्। कुर्मीले १३ हजार ४ सय ३३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भिम वलीले १० हजार ९ सय ५० मत ल्याए।
यस्तै जनता समाजवादी पार्टी (जसपा) का विजयकुमार पाठकले ४ हजार ४ सय ५१ मत ल्याएका छन्। कुल ५१ हजार ७ सय २६ मतदाता रहेको उक्त प्रदेश सभामा ३३ हजार ७ सय ३ मत खसेको थियो।
यस्तै १ हजार ९ सय ८१ मत बदर भएको थियो। निर्वाचनमा ९ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए।






















