दैलेख २ मा २३ वर्षपछि कांग्रेसको ‘कम ब्याक’, दिक्पाल शाही विजयी

नवलपुर टुडे


सुर्खेत । दैलेख क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले २३ वर्षपछि निर्वाचन जितेको छ। यहाँ प्रतिनिधि सभामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल कुमार शाही निर्वाचित भएका छन्। बिहीबार बिहान सम्पन्न मतगणना अनुसार शाही १५३ मतान्तरसहित विजयी भएका हुन्। उनले २० हजार १५८ मत ल्याएका छन्। शाहीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मीप्रसाद पोख्रेलले २० हजार ५ मत ल्याए।
पोखरेल ०७० मा संविधान सभा सदस्य बनेका थिए । विजयी शाही ०७४ मा २ (ख) मा एमालेका राजबहादुर शाहीसँग पराजित भएका थिए । ०७४ मा प्रदेशमा पराजित शाहीले यो पटक गठबन्धनको बलमा चुनाव जिते । ०७४ मा शुन्य भएको कांग्रेसले यो पटक गठबन्धनको बलमा पराजयको बदला लिएको छ । ०७४ मा नेकपा माओवादीको साथ पाएको एमालेले तीन वटै क्षेत्रमा आफ्नो वर्चश्व कायम गरेको थियो ।
यहाँ ०४८ सालयता कांग्रेस–नेपाल मजदुर किसान पार्टी र कांग्रेस–एमालेबीचमा कडा प्रतिस्पर्धा हुँदै आएको छ । ०५२ मा नेमकिपा एमालेमा समाहित हुनुभन्दा पहिला कांग्रेस–नेमकिपाबीच नै प्रतिस्पर्धा हुने गरेको थियोन। अहिले एमालेभित्र प्रभावशालि नेताको राजनीतिक यात्रा नेमकिपाबाट सुरुवात भएको देखिन्छ । यस क्षेत्रमा ०४८ यताका ६ वटा संसदीय चुनावमा कांग्रेसले २, नेमकिपाले १ र एमालेले तीन पटक चुनाव जितेको छ ।
०४८ सालमा कांग्रेसले जित्दा ०५१ को मध्यावधि चुनाव नेमकिपाले जितेको थियो । त्यो बेला एमालेको सांगठनिक अवस्था अहिलेका साना दलहरुकै अवस्थामा थियो । ०५१ मा नेमकिपाले जित्दा ०५६ मा पुनः कांग्रेसले चुनाव जितेको थियो । त्यस यता कांग्रेसले चुनाव जितेको थिएन।

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

काठमाडौंमा प्रहरीको स्वीप अपरेसन, एक सातामा ६४० जना पक्राउ

बागलुङमा एकै पटक १५ बेलिब्रिज निर्माण हुँदै
अरुपनि पढ्नुहोस
सबै
यस्तो छ विदेशी मुद्राको विनिमय दर

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

बुद्ध एयरको उडान ढिलाइ हुँदा यात्रुहरू घण्टौँदेखि अलपत्र

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य
















