मुख्य समाचार

शहरी विकासमन्त्री चौधरीलाई २५ हजार र स्वास्थ्यमन्त्री खापुङलाई ५ हजार जरिवाना

नवलपुर टुडे
२०७९ मंसिर ३ | मध्यान्ह ०४:०८ बजे

काठमाडौं, मंसिर ३ । निर्वाचन आयोगले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई २५ हजार रूपैयाँ जरिवाना गराउने निर्णय गरेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मतदाता प्रभावित गरेको कसुरमा मन्त्री चौधरीलाई आयोगले जरिवाना गरेको हो ।

उनले बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित बनाउन खोजेको आयोगको आरोप छ । चौधरीले आफ्नो क्षेत्रमा बाढी पीडितलाई राहत वितरण गर्ने भन्दै मतदाता प्रभावित पारेको आयोगको भनाइ छ । 

यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई पनि आयोगले पाँच हजार जरिवाना र विभागीय कारबाहीको सिफारिस गरेको छ । निर्वाचन आचारसंहिता लागू भएपछि कर्मचारी सरुवा गरेको भन्दै मन्त्री खापुङलाई आयोगले ५ हजार जरिवाना लगाएको हो ।

उनीहरूलाई निर्वाचन आयोग ऐनअनुसार जरिवाना गरिएको निर्वाचन आयोगले जनाएको छ ।

कमेन्टहरु