दीपक मनाङेलाई आयोगले तोक्यो २५ हजार जरिवाना

नवलपुर टुडे


काठमाडौं, मंसिर २ । निर्वाचन आयोगले राजीव गुरुङ उर्फ दीपक मनाङेलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । मनाङ प्रदेश सभा ‘ख’ बाट निर्विरोध निर्वाचित भएका गुरुङलाई निर्वाचन आचारसंहिता उल्लघंन गरेको अभियोगमा सो जरिवाना गरिएको निर्वाचन आयोगले जनाएको छ ।
मनाङेले केही साता पहिले सार्वजनिक रूपमा निर्वाचन आयोगले तयार पारेको उम्मेदवारले गर्ने खर्चको सीमाबारे आलोचना गरेका थिए । उनले आयोगले उम्मेदवारलाई ३० लाखको खर्चको सीमा तोकेकोप्रति असन्तुष्टि जनाउँदै उम्मेदवारी दर्ता गराएकै दिन १५ लाखको रक्सी खाने अभिव्यक्ति दिएका थिए ।
उनले भनेका थिए,‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाखभन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ, ३० लाखमा नेपालमा चुनाव जित्छ यार, मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ ।’ उनको सो अभिव्यक्तिपछि आयोगले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । सो स्पष्टीकरण चित्त बुझ्दो नआएको भन्दै आयोगले जरिवाना गरेको हो ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















