मुख्य समाचार

बूढानीलकण्ठमा प्रेससकुकर बम फेला, सेनाद्वारा डिस्पाेज

नवलपुर टुडे
२०७९ मंसिर २ | बिहान ०७:०८ बजे

काठमाडाैं, मंसिर २ । काठमाडौंको बूढानीलकण्ठमा भेटिएको बम नेपाली सेनाको टोलीले निश्क्रिय पारेको छ । 

शुक्रबार बिहान साढे २ बजेतिर सशस्त्र प्रहरीको टोलीले बूढानीलकण्ठस्थित स्पेसल चोकमा प्रेसरकुकर बम फेला पारेका थिए । त्यसपछि नेपाली सेनाको बम डिस्पोजल टोली बोलाएर बम डिस्पोज गरिएको हो ।

निर्वाचन बिथोल्ने उदेश्यले बम राखिएको हुन सक्ने आशंका गरिएको छ । 

कमेन्टहरु