Opens in a new tab

मरणोपरान्त अंगदान गर्ने पर्यटनमन्त्री श्रेष्ठको घोषणा

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं, मंसिर १ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले आफ्नो मृत्यु पश्चात् शरीरका विभिन्न अंग जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्ने गरी अंगदानको घोषणा गरेका छन् । मन्त्री श्रेष्ठले मृत्यु पश्चात् मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज, सानो आन्द्रा दान दिने मन्जुरीनामा पत्रमा हस्ताक्षर गरेका हुन् ।

मन्जुरीनामामा भनिएको छ,‘मेरो मृत्यु पश्चात् मेरो शरीरबाट मृगौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज, सानो आन्द्रा झिकी मृगौला, मुटु, फोक्सो, कलेजो, प्याक्रियाज, सानो आन्द्रा आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मेरो मन्जुरी भएकोले मानव शरीरको अंग प्रत्यारोपण ‘नियमित तथा निषेध’ ऐन २०५५ को दफा १६ को उपदफा (१) को खण्ड (ख) बमोजिम जानी बुझी स्वेच्छाले यो मञ्जुरीनामा लेखि दिएको छु ।’

आफूले दान गरेका अंगबाट कुनै बिरामीले पुनर्जीवन पाउने भएकोले अंगदानको घोषणा गरेको मन्त्री श्रेष्ठले बताए ।

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे