चितवन २ का उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड

नवलपुर टुडे
२०७९ कार्तिक ३० | मध्यान्ह १२:०७ बजे

चितवन, कात्तिक ३० । चितवन क्षेत्र नम्बर – २ का गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार उमेश श्रेष्ठको तोडफोड भएको छ ।
आज बिहान भरतपुर महानगरपालिका–१० पुरानो मेडिकल कलेज नजिकै आमा समूहले गरेको कार्यक्रममा सहभागि भई पार्किङ गरेर राखेको गाडीमा ३ वटा मोटरसाइकलमा आएका ६ जनाको समूहले ढुंगा हानेर तोडफोड गरेका हुन् । उनीहरु नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा चितवनका कार्यकर्ता रहेको खुलेको छ ।
बा ३ च २०५० नम्बरको हरियो रंगको गाडीमा तोडफोड हुँदा अगाडिको सिसा र भाइजर फुटेको छ । तोडफोड गर्नेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।























