गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री कुमार खड्का बर्खास्त

नवलपुर टुडे
२०७९ कार्तिक २९ | मध्यान्ह ०४:०७ बजे

पोखरा, कात्तिक २९ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अर्का मन्त्रीलाई पनि बर्खास्त गरेका छन् । उनले मंगलबार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री कुमार खड्कालाई हटाएका हुन् ।
कांग्रेसबाट समानुपातिक सांसद बनेर मन्त्री बनेका खड्कालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको ‘ग्रिन सिग्नल’ मिलेपछि मुख्यमन्त्रीले हटाएका हुन् । स्रोतका अनुसार मुख्यमन्त्री र कांग्रेस पार्टी तथा उमेदवारलाई ‘असहयोग गरेपछि’ उनलाई हटाइएको हो ।
गत हप्ता मात्रै मुख्यमन्त्री पोखरेलले ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री हरिशरण आचार्यलाई हटाएका थिए ।























