मुख्य समाचार

नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध अभिनेता पल शाहले दिए उच्चमा पुनरावेदन

नवलपुर टुडे
२०७९ कार्तिक २५ | मध्यान्ह ०२:०७ बजे

नवलपुर, कात्तिक २५ । बाल यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता पल शाहले उक्त फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् ।

जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार उच्च अदालतमा निवेदन दर्ता गराएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । मुद्दाको दर्ता नम्बर दर्ता ०७९-सीएस-०३१२ रहेको छ ।

नाबालिगमाथि बलात्कारको आरोप लागेका शाहलाई नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

शाहको सोही प्रकृतिको मुद्दा तनहुँ जिल्ला अदालतमा भने विचाराधीन छ । उनी हाल तनहुँ कारागारमा रहेका छन् ।

कमेन्टहरु