बारको चेतावनीपछि हच्कियो अख्तियार

नवलपुर टुडे


काठमाडौ । नेपाल बार एसोसिएसनको चेतावनीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हच्किएको छ । आयोगले न्यायिक स्वतन्त्रताप्रति आफू प्रतिवद्ध रहेको स्पष्टीकरण दिएको छ। विशेष अदालतको फैसलाबारे गरेको टिप्पणीलाई नेपाल बारले आपत्ति जनाएपछि अख्तियारले वक्तव्य जारी गर्दै स्पष्टीकरण दिएको हो।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्ति भनिएको छ, ‘स्वतन्त्र न्यायापालिकाको अवधारणाप्रति सदाझै अविचलित रहने हुँदा आयोगबाट ७२२ मा जारी गरिएको प्रेस विज्ञप्ति र जानकारीमूलक विवरणलाई सोही रुपमा बुझिदिन सम्बन्धित सबैमा आयोग हार्दिक अनुरोध गर्दछ।’ नेपाल बार एसोसिएसनले अदालतको स्वतन्त्रतामा आँच पुग्ने गरी अभिव्यक्ति नदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई चेतावनी दिएको थियाे।
विशेष अदालतमा दायर गरेका अधिकांश मुद्दा असफल भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा गरेको पुनरावलोकन र अदालततर्फ लक्षित गरेर दिएको अभिव्यक्तिप्रति नेपाल बारले आपत्ति जनाएको हो।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















