भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र उपचारको प्रबन्ध गर्न प्रधानमन्त्री देउवाको निर्देशन

नवलपुर टुडे
२०७९ कार्तिक २३ | बिहान ०९:०७ बजे

काठमाडौं, कात्तिक २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्प प्रभावित क्षेत्र डोटीमा राहत, उद्धारमा खटिन र घाइतेहरुको तत्काल उपचारको प्रबन्ध गर्न निर्देशन दिएका छन् । देउवाले बुधबार बिहान उक्त निर्देशन दिएको सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।
बुधबार बिहान २:१२ बजे गएको भूकम्पमा परी ६ जनाको मृत्यु र ८ जना जना घाइते भएका छन् । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाइ ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रधानमन्त्री देउवाले भूकम्पमा परी मृत्यु भएकाहरूप्रति श्रद्धान्जली अर्पण गर्दै समवेदनासमेत प्रकट गरेका छन् ।























