अमेरिकन फोटोग्राफर किटीले कैद गरेको सगरमाथा क्षेत्रमा देखिएको हिउँ चितुवा

नवलपुर टुडे
२०७९ कार्तिक २१ | मध्यान्ह १२:०७ बजे

काठमाडौं, कात्तिक २१ । सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा देखिएको छ । अमेरिकन फोटोग्राफर किटी पवलोस्कीले गत अक्टोवर ८ मा हिउँ चितुवाको फोटो आफ्नो क्यामेरामा कैद गरेकी थिइन् ।
उनले ५ हजार ४ सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको आफ्नो वेबसाइटमा उल्लेख गरेकी छन् । ५ हजार एक सय ६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला देखेपछि आफूले फोटोका निम्ति पछ्याएको लेखेकी छन् ।
हिउँ चितुवा कैद गर्नका निम्ति गोरकशेपबाट उनी बिहान ४ बजे निस्किएकी थिइन् । फोटोग्राफर किटी वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्छिन् ।























