मुख्य समाचार

प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल, भेन्टिलेटरमा राखेर उपचार हुँदै

नवलपुर टुडे
२०७९ कार्तिक २१ | बिहान ०८:०७ बजे
फाइल तस्बिर

काठमाडौं, कात्तिक २१ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था पुन: जटिल बनेको छ ।

प्रचण्डको सचिवालय अनुसार शनिबार दाहाललाई स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनको भेन्टिलेटरमा राखेर उपचार हुँदैछ । सीता लामो समयदेखि पार्किन्सनबाट पीडित छिन् ।

यसअघि १५ दिनको हस्पिटल बसाइपछि उनी कात्तिक १४  गते डिस्चार्ज भएकी थिइन् ।

कमेन्टहरु