मुख्य समाचार

क्रिकेटर सन्दीप लामिछानेको बयान आज सकिएन, थुनछेक बहस भोलिमात्र

नवलपुर टुडे
२०७९ कार्तिक १५ | मध्यान्ह ०४:०७ बजे

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि दायर भएको बलात्कार मुद्दामा आज उनको बयान जारी रहेको छ ।

आज बयान नसकिएकाले थुनछेक बहस हुन सकेन । अदालत स्रोतका अनुसार थुनछेक बहस भोलिमात्रै सुरु हुनेछ । बहस सकिएपछि उनलाई थुनामा राखेर अनुसन्धान गर्ने वा तारेखमा छोड्नेबारे अदालतले निर्णय लिने छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले हिजो काठमाडौं जिल्ला अदालतमा सन्दीपविरुद्ध अभियोगपत्र दायर गरेको थियो ।

अभियोगपत्रमा सन्दीपमाथि १२ वर्षसम्मको जेल सजाय माग गरिएको छ ।

कमेन्टहरु