मुख्य समाचार

पत्रकार कौशल पाण्डेको निधन

नवलपुर टुडे
२०७९ कार्तिक ११ | बिहान ०९:०७ बजे

मकवानपुर, कात्तिक ११ । हेटौंडाका वरिस्ठ पत्रकार कौशल पाण्डेको ७५ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको छ । हेटौंडा ४ कमलडाँडास्थित निवासमा उनको निधन भएको हो । उनको लिभर सिरोसिसको कारण केही महिनाअघि शल्यक्रिया गरिएको थियो ।

परिवारका सदस्यको अनुसार केही समयदेखि उनको स्वास्थ्य अवस्था जटिल थियो । उनको पार्थिव शरीर आजै अन्त्येष्टि गरिने पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जानकारी दिए । प्रयास अर्धसाप्ताहिकको प्रकाशक सम्पादक पाण्डे २०५८ सालमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अध्यक्ष भएका थिए ।

क्रान्तिकारी पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष तथा प्रेस सेन्टरका केन्द्रीय सल्लाहकार पाण्डे साहित्यकारको रुपमा पनि परिचित छन्।

कमेन्टहरु