आज काग तिहार

नवलपुर टुडे


काठमाडौं, कात्तिक ६ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कागको पूजा गरिँदै छ ।
आज कागको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर बोलाउने गरिन्छ ।
हिजो शनिबार कार्तिक कृष्ण त्रयोदशीको साँझ यमदीप दान गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको हो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीप दान गरिन्छ ।
यस्तै, भोलि सोमबार बिहान जलाशय, नदी, कुवामा गई स्नानसहित बत्ती बालेर बगाइन्छ । यसलाई नरक चतुर्दशी पनि भनिन्छ । यसै दिन बेलुकी लक्ष्मीपूजा गरिन्छ ।
धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमका अनुसार पर्सि मंगलबार गाईको पूजा गरिन्छ । बुधबार गोवद्र्धनपूजा, बलीपूजा, हलितिहार, गोरुको समेत पूजा गरेर मनाइन्छ । बिहीबार दिदी बहिनीले दाजुभाइलाई टीका लगाएपछि यमपञ्चक अर्थात तिहार पर्व समापन हुन्छ । रासस

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















