देश

शुद्धोधनमा १११ औं अन्तर्राष्ट्रिय महिला दिवस अन्तरक्रिया कार्यक्रम सम्पन्न

जगत ठाडा मगर
२०७७ फाल्गुन २४ | मध्यान्ह ०८:११ बजे

प्रभुनाथ गुप्ता
कपिलवस्तु । फाल्गुन २४ सोमबार, कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिकाकाे स्वास्थ्य चौकीमा १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा किशोर किशोरी तथा अभिभावकहरु सँग अन्तरक्रिया कार्यक्रम शुद्धोधन गाउपालिका स्तरीय गरिको छ ।

photo 2021 03 08 20 33 21 1 1

महिला हिंसा दिन प्रति दिन बढी रहेको पाइन्छ । नेपालमा महिलाहरु असुरक्षित रहेको महसुस गरी रहेका छन । नेपालकाे संविधानले महिलाहरुलाई दिइएको अधिकारलाई ब्यबहारमा लागु गर्न काे लागि धेरै महिला वक्ताहरुले जाेड दिनु भयो ।

photo 2021 03 08 20 33 08 1

८ मार्च २०२१ का दिन महिलाको सुरक्षा, सम्मान र राेजगार समृद्ध नेपालकाे अाधार भन्ने मुल नाराका साथ १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा किशोर किशोरी तथा अभिभावकहरु सँग अन्तरक्रिया कार्यक्रम कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा सम्पन्न भएको छ ।

१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा किशोर किशोरी तथा अभिभावकहरु सँग अन्तरक्रिया कार्यक्रम गाउँपालिका स्तरीय किशोर किशोरी सञ्जाल शु. गा. पा. उपाध्यक्ष प्रिया शर्माकाे अध्यक्षतामा सम्पन्न भएको छ ।

photo 2021 03 08 20 33 18 1

सहयोगमा कालिका स्वावलम्बन सामाजिक बिकास केन्द, amplify change, सुआहारा, Fpan, गाउँपालिका किशोर किशोरी सञ्जाल शुद्धोधन गाउँपालिका -३ लबनी संस्था लगायत र शुद्वाेधन गाउँपालिका लबनी कपिलवस्तुको समन्वय सहकार्यमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा गाउँपालिका स्तरीय किशोर किशोरी सञ्जाल कि उपाध्यक्ष प्रिया शर्मा, शुद्धोधन गाउँपालिका का प्र.प्र.अधिकृत कृष्णप्रसाद ज्ञवाली, महिला बिकास शाखाका राधिका खनाल पाण्डेय, वडा नं.२ का वडा अध्यक्ष मनोज कुमार यादव, वडा नं.३ का वडा अध्यक्ष महिब्बुदिन मुसलमान, स्वास्थ्य शाखा संयोजक असफाक अहमद खाँ, कालिका स्वावलम्बन सामाजिक केन्द्रका अध्यक्ष अन्जु शर्मा, कालिका स्वावलम्बन सामाजिक केन्द्र रामेन्द्र सिंह रावल, लबनी स्वास्थ्य चौकी सीमा जयसवाल, कालिका स्वावलम्बन सामाजिक बिकास केन्द्र अन्जु शर्मा, कालिका स्वावलम्बन सामाजिक केन्द्र हेमराज थारु, कालिका स्वावलम्बन सामाजिक केन्द्र शान्ता पौडेल, कालिका स्वावलम्बन सामाजिक केन्द्र राम मिलन चौधरी, शिव रतन हरिजन kssc/fair med/C.HM., मनदीप सिंह kssc, अर्जुन थापा kssc ED, निशान गुरुङ kssc/EHP/po, सुष्मा आचार्य FPAN, रीना चौहान, लबनी प्रहरी चौकीका प्र.ना.नि.इन्चार्ज वामदेव पौडेल, प्रहरी जवान तेजु यादव र पत्रकार प्रभुनाथ गुप्ता लगायत अन्य महिला पुरुष ७१ जानकाे सहभागीता रहेको थियो ।

कमेन्टहरु