अर्घाखाँची सिमेन्टले पनि सुरु गर्यो भारतमा निर्यात

नवलपुर टुडे
२०७९ अशोज ३१ | मध्यान्ह ०३:०६ बजे

काठमाडौं । अर्घाखाँची सिमेन्टले आफ्नो उत्पादन भारत निर्यात सुरु गरेको छ । अर्घाखाँची सिमेन्टले २ हजार बोरा सिमेन्ट भारत निर्यात गरेको हो ।
कम्पनीले सोमबार २ ट्रकमा सिमेन्ट निर्यात गरेको बताएको छ । कम्पनीले भारतको यूपी सहरमा सिमेन्ट निर्यात गरेको हो । सिमेन्ट कम्पनीका सञ्चालक पशुपति मुरारकाले सिमेन्ट निर्यात गर्दा एउटा सपना पूरा भएको बताए । उद्योग विभागका अनुसार नेपालमा ६० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् ।
पाल्पा सिमेन्ट इन्डस्ट्रिजले यसअघि नै सिमेन्ट भारत निर्यातको सुरुवात गरेको थियो ।























