मुख्य समाचार

प्याराग्लाइडिङबाट खसेर मृत्यु भएका खेलाडी निशिमको अन्त्येष्टि

नवलपुर टुडे
२०७९ अशोज ३१ | मध्यान्ह ०२:०६ बजे

कास्की, असोज ३१ । पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङको प्रतिस्पर्धामा सहभागी भई दुर्घटनामा परी निधन भएका खेलाडी निशिम थापाको अन्त्येष्टि गरिएको छ ।

थापाको सोमबार रामघाटमा परम्परागत तरिकाले अन्तिम दाहसंस्कार गरिएको हो । गोरखा घर भई हाल पोखरा-१० अस्पतालचोक बस्दै आएका २६ वर्षीय थापाको आइतबार प्याराग्लाइडिङ गर्दा गर्दै करिब १०० मिटरमाथि जमिनमा खसेका थिए ।

खसेपछी उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । अस्पतालले थापालाई मृत घोषणा गरेको थियो ।

कमेन्टहरु