मुख्य समाचार

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

नवलपुर टुडे
२०७९ अशोज ३० | बिहान ०८:०६ बजे

काठमाडौं, असोज ३० । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको हो । उनी २४ दिनदेखि सोही अस्पतालमा उपचाररत थिए । 

विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित जोशीलाई पछिल्लाे समय डेंगु संक्रमण भएको थियो । डेङ्गु संक्रमणपछि असोज २३ गते उनको छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो । यस्तै अक्सिजन कमी भएर उनलाई सघन उपचार कक्षमा उपचार सेवा दिइँदै आएको थियो । 

उनलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेको हुँदा जतिसुकै औषधि चलाएपनि शरीरले राम्रो रेस्पोन्स नगरेको अस्पतालले जनाएको छ । उनको उपचारमा प्रा डा मिलेश जंग सिजापतिको संयुक्त टोली खटिँदै आएको थियो ।

कमेन्टहरु