Opens in a new tab

गौतमबुद्ध विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयलाई प्राथमिकता दिने : गृहमन्त्री खाण

नवलपुर टुडे

29Shares
dida bag ad

रुपन्देही, असोज २९ । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयलाई प्राथमिकता दिइने बताएका छन्। 

रुपन्देही क्षेत्र–३ मा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेस केन्द्रीय सदस्य खाणले स्थानीयले आफ्ना जग्गा उपलब्ध गराएपछि मात्र विमानस्थल निर्माण भएकाले नयाँ रोजगारी खुल्दा तिनले योग्यताअनुसारको रोजगारीमा प्राथमिकता पाउने बताएका हुन्। 

गृहमन्त्री खाणले विमानस्थल निर्माण हुँदा जसको जग्गा अधिग्रहणमा परेको छ, ती परिवारका सदस्यलाई विमानस्थलको रोजगारीमा योग्यताअनुसार प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। यसबारे गौतमबुद्ध विमानस्थल प्रमुख र नागरिक उड्डयन प्राधिकरणसँग कुरा गर्ने उनको भनाइ छ।

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे