मुख्य समाचार

डा: गोविन्द केसीसँगको सहमति मन्त्रिपरिषद्‌द्वारा अनुमोदन

नवलपुर टुडे
२०७९ अशोज २९ | बिहान ०९:०६ बजे

काठमाडौं, असोज २९ । सरकारले प्राध्यापक डा गोविन्द केसीसँग असोज ८ गते भएको सहमति पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले डा। केसीसँग गरेको सहमति अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय गरेको जानकारी दिए । यस्तै, सरकारले विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता २ करोड रुपैयाँ तोक्ने निर्णय गरेको छ ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी विदेशी लगानीको न्युनतम सीमा प्रतिविदेशी लगानीकर्ता २ करोड रुपैयाँ तोक्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले बताए ।

कमेन्टहरु