मुख्य समाचार

सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार

नवलपुर टुडे
२०७९ अशोज २५ | मध्यान्ह ०४:०६ बजे

काठमाडौं, असोज २५ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार देखिएको छ ।

उपचाररत किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै छातीको निमोनिया संक्रमण नियन्त्रणका लागि दिइएको एन्टिबायोटिक्सको कोर्स जारी रहेको जनाएको छ । 

अस्पतालले मुटुको चालसम्बन्धी समस्यामा पनि केही सुधार देखिएको भन्दै अझै आईसीयूमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको जनाएको छ । 

photo 2022 10 11 16 43 27

कमेन्टहरु