देउवाको उम्मेदवारीविरुद्ध उजुरी दर्ता, प्रस्टीकरण दिन मंगलबार दिउँसो २ बजेसम्मको समय

नवलपुर टुडे
२०७९ अशोज २४ | मध्यान्ह ०६:०६ बजे

काठमाडौं, असोज २४ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।
डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका देउवाको नागरिकताको जन्म मिति र मतदाता परिचयपत्रमा जन्ममिति फरक परेको भन्दै डडेल्धुरामा कांग्रेस वीपीबाट उम्मेदवार बनेका कर्णबहादुर मल्लले देउवाविरुद्ध उजुरी दर्ता गरेका हुन् ।
देउवालाई उजुरीउपर स्पष्ट पार्न मंगलबार दिउँसो २ बजेसम्मको समय दिइएको डडेल्धुरामा प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।























