केन्द्रीय निर्वाचन सेलको कमान्डरमा एआइजी लोहनी

नवलपुर टुडे


काठमाडौ । प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दिवेश लोहनीलाई केन्द्रीय निर्वाचन सेलको कमान्डरको जिम्मेवारी दिएको छ ।
यसअघि निर्वाचन सेलको नेतृत्व गरेका एआइजी सहकुल थापाको प्रहरी एकेडेमी सरुवा भएपछि डिआइजी वसन्तबहादुर कुँवरले निमित्त विभागीय प्रमुखका रूपमा सो जिम्मेवारी सम्हाल्दै आएका थिए । चुनावी सेल नै निमित्तको भरमा चल्दा समस्या भएपछि अपराध अनुसन्धान विभागमा कार्यरत एआइजी लोहनीलाई आइतबारदेखि निर्वाचन सेलमा जिम्मेवारी दिइएको हो ।
उनलाई कार्य विभागसमेत हेर्ने जिम्मेवारी दिइएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताए । प्रहरीमा हाल कार्य विभाग र प्रदेश समन्वय विभागमा गरी दुई एआइजीको दरबन्दी रिक्त छ । कात्तिकमा थप दुई एआइजीले अवकाश पाउँदै छन् ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















