राजनीति

काठमाडौं २ मा गठबन्धनकी साझा उम्मेदवार पुर्वसभामुख ओनसरी घर्ती

नवलपुर टुडे
२०७९ अशोज २३ | बिहान १०:०६ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं २ मा पूर्वसभामुख ओनसरी घर्तीलाई टिकट दिएको छ।

गठबन्धनबाट माओवादीको भागमा परेको काठमाडौं २ मा माओवादीले घर्तीलाई टिकट दिएको हो। रुपन्देही १ बाट उठ्ने तयारीमा रहे पनि त्यो क्षेत्र गठबन्धनले एमाले त्यागेका घनश्याम भुसाललाई दिने भएपछि घर्तीलाई काठमाडौं २ मा टिकट दिइएको हो।

यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उक्त क्षेत्रबाट जितेका थिए। काठमाडौं २ मा एमालेले मणिराम फुयाललाई टिकट दिएको छ।

कमेन्टहरु