नेकपा एमालेका नेता भीम रावलले टिकट पाएनन्, झपट बोहोरा उम्मेदवार बन्ने

नवलपुर टुडे


काठमाडौं । नेकपा एमालेका नेता भीम रावल यो पटक टिकट पाउनबाट बञ्चित भएका छन् । १०औं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा भिडेका रावलले अछाम-१ मा एमालेबाट प्रतिनिधिसभातर्फको टिकट नपाएका हुन् । उनको ठाउँमा झपट बोहरा अब प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् ।
बोहरा नेकपाको एकता बदर भएपछी नेकपा माओवादी केन्द्रबाट एमालेमा गएका हुन् । एमालेका निर्णयअनुसार अछाम–१ मा प्रतिनिधिसभामा बोहोराले टिकट पाउँदा प्रदेश सभामा कृष्णप्रसाद जैशी र देवबहादुर कुँवरले टिकट पाएका छन् ।
यस्तै अछाम–२ प्रतिनिधि सभातर्फ यज्ञ बोगटी तथा प्रदेश सभा भिम विष्ट र शिव उपाध्यायले टिकट पाएका छन् । अछाम जिल्ला कमिटीले रावलको नाम सर्वसम्मत सिफारिस गरेपनि उनलाई पार्टीले टिकट दिएन । नेकपाको एकता बदर हुँदाताका माधव प्रचण्ड समूहमा रहेका रावल एमाले विभाजन भएपछि भने एमालेमै बसेका थिए । १० भाईले परिचित रावल लगायतका नेताहरु एमाले विभाजन भएर बनेको नेकपा एसमा गएका थिएनन् । एमालेमै फर्किएका १० मध्ये रावल, धनश्याम भुसाल र भीम आचार्यले १०औं महाधिवेशनमा अध्यक्ष ओलीको निर्णयविपरित उम्मेदवारी दिएका थिए ।
रावलसँगै १० बुँदे मार्फत एमालेमा रहेकामध्ये सुदूरपश्चिममा प्रतिनिधिसभाकाे टिकट कैलाली २ मा झपट रावलले नै पाएका छन् । त्यस्तै नेकपा एसबाट फर्किएका तारा लामा तामाङले कञ्चनपुर २ मा टिकट पाएका छन् ।

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ

रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन
अरुपनि पढ्नुहोस
सबै
राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना
















