मुख्य समाचार

गुल्मीमा अविरल वर्षाले पहिरो जादा ट्रान्सफर्मरमा क्षति विद्युत अवरुद्व

नवलपुर टुडे
२०७९ अशोज २० | बिहान ११:०६ बजे

इन्द्रजित नेपाली

गुल्मी । अविरल वर्षासँगै खसेको पहिरोले ट्रान्सफर्मरमा क्षति पुर्‍याएपछि गुल्मीमा विद्युत सेवा अवरुद्ध भएको छ।

तम्घासको पुतली बजारमा रहेको ३३ केभी मेन लाइनको ट्रान्सफर्मरमा माथिबाट खसेको पहिरोले क्षति पुर्‍याएपछि विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले जनाएको छ। पहिरोले ठूलै क्षति पुर्‍याएको र विद्युत सेवा अवरुद्ध भएको केन्द्रका प्रमुख ईश्वर श्रेष्ठले बताए। लगातार वर्षा भएकाले मर्मतमा समेत कठिनाइ भइरहेको छ।पानी रोकिनसाथ मर्मत कार्य अगाडि बढाइने श्रेष्ठले बताए। पहिरोले रेसुङ्गा नगरपालिकाको प्रशासकीय भवन पनि जोखिम भएको छ ।

कमेन्टहरु