गायक कमल खत्रीले गरे गायिका मेलिना मैनालीसँग विवाह

नवलपुर टुडे


काठमाडाैं । गायक तथा संगीतकार कमल खत्री गायिका मेलिना मैनालीसँग वैवाहिक जीवनमा बाँधिएका छन् । उनले आइतबार बडादशैंको फूलपातीको दिनको अवसरमा विवाह गरेका हुन्।
दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
साथै विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने घोषणा गरेका छन्। ‘जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाजअनुसार विवाह गरेका छौं । सबैमा विजया दशमीको शुभकामना,’ कमलले फेसबुकमा लेखेका छन्।
उनले आफ्नो वैवाहिक कार्यक्रमको भिडियो समेत युट्युबमा सार्वजनिक गरेका छन् । मेलिना भ्वाइस अफ नेपालको तेस्रो सिजनबाट चर्चामा आएकी गायिका हुन् ।

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

काठमाडौंमा प्रहरीको स्वीप अपरेसन, एक सातामा ६४० जना पक्राउ

बागलुङमा एकै पटक १५ बेलिब्रिज निर्माण हुँदै
अरुपनि पढ्नुहोस
सबै
यस्तो छ विदेशी मुद्राको विनिमय दर

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

बुद्ध एयरको उडान ढिलाइ हुँदा यात्रुहरू घण्टौँदेखि अलपत्र

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य
















