Opens in a new tab

चलचित्र जगतमा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको छ : अध्यक्ष प्रचण्ड

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली चलचित्र जगतमा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको बताएका छन् । आज साँझ नारायणगढको इन्द्रदेव चलचित्र भवनमा ‘प्रेमगीत ३’ चलचित्र हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले चलचित्र हेर्न लायक बनेको बताएका हुन् । उनले चलचित्रमा कलाकारले आआफ्नो जिम्मेवारी र भूमिका राम्रोसँग प्रस्तुत गरेको बताए । “सन्देशको दृष्टिकोणले म यत्ति भन्न चाहन्छु यो मसालेदार फिल्म छ”, उनले भने ।

अध्यक्ष दाहालले नेपालीले बनाएको यो चलचित्र सबैतिर प्रचार भएको भन्दै यसले नेपाली चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । अध्यक्ष दाहालसँगै चलचित्र हेर्न छोरी भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल पनि गएका थिए । अध्यक्ष दाहालले ६ः ०९ बजेको शो हेर्न चलचित्र भवन पुगेका थिए । रासस

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे