ग्लोबल मिथेन फोरमको कार्यक्रममा सहभागी हुन वनमन्त्री प्रदीप यादव अमेरिका प्रस्थान

नवलपुर टुडे


वीरगञ्ज, १० असोज । ग्लोबल मिथेन क्लाईमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन नेपाल सरकारका वन तथा वातावरणमन्त्री प्रदीप यादव अमेरिका प्रस्थान गर्नुभएको छ ।
ग्लोबल मिथेन फोरमको आयोजनामा असोज ११ गतेदेखि १५ सम्म चल्ने कार्यक्रममा सहभागी हुन मन्त्री यादव आइतबार साँझ अमेरिका प्रस्थान गर्नुभएको हो ।
अमेरिकी सरकारको निम्तोमा त्यहाँ जान लाग्नुभएका मन्त्री यादवले नेपालको प्रतिनिधित्व गर्दै मिथेन ग्याँस उत्सर्जन न्यूनिकरण गर्न राष्ट्रहरुले कस्ता प्राविधिक नीति बनाउने र मिथेनको प्रभावलाई न्यूनीकरण गर्दै यस्को प्रयोग कसरी गर्ने लगायतका विषयमा छलफल गर्नु हुनेछ ।
त्यसकासाथै मन्त्री यादव मिथेन र अन्य अल्पकालीन जलवायू प्रदूषकहरूलाई कम गर्नका लागि विश्वव्यापी रुपमा भइरहेका उच्चस्तरीय भइरहेका प्रयास, विकसित मुलुकहरुले यसको न्यूनीकरणका लागि उठाएका कदमका विषयमा पनि छलफल गर्नु हुनेछ ।
कार्यक्रममा यसअघि सोही विषयमा भएका छलफल माथि हालसम्मको प्रगती र विभिन्न राष्ट्रहरुले मिथेन ग्याँस उत्सर्जन न्यूनीकरण गर्न गरिरहेका प्रयासहरुको बारेमा पनि छलफल हुने मन्त्री यादवको सचिवालयले जनाएको छ ।
अमेरिकाको राजधानी वासिङ्गटन डिसी सहरमा हुने उक्त कार्यक्रममा ६० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















