मुख्य समाचार

रामग्राम साकाेसकाे २०ओैं वार्षिक साधारणसभा सम्पन्न

नवलपुर टुडे
२०७९ अशोज ८ | मध्यान्ह ०४:०६ बजे

सुरेश यादव
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ३ मा वि.सं २०५९ सालमा २५ जना सदस्यबाट स्थापना भएकाे रामग्राम बचत तथा ऋण सहकारी संस्थाकाे आज २०ओैं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।

रामग्राम सकाेसका अध्यक्ष जनार्दन ठाकुरकाे अध्यक्षता तथा रामग्राम नगरपालिकाकी उपमेयर एवम् संस्थाकी सेयर सदस्य सम्झना चाैधरीकाे प्रमुख आतिथ्यतामा संस्थाकाे २०ओैं वार्षिक साधारणसभा सम्पन्न भएकाे हाे ।

कार्यक्रममा स्वागत मन्तव्य संचालक समिति सदस्य मुक्ति प्रसाद पाैडेलले राख्नुभएकाे थियाे भने सेयर सदस्यहरूकाे तर्फबाट बिनिता खड्का, ताेरेन्द्र जिसी, संस्थापक अध्यक्ष सुमन गाेपाल आचार्यले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।

संस्थाकाे वार्षिक प्रगती प्रतिवेदन एवम् चालु आ.व. काे प्रस्तावित निति तथा कार्यक्रमकाे सचिव माेहन पाैडेलले प्रस्तुत गर्नुभएकाे थियाे भने आ.व.२०७८/०७९ काे आर्थिक प्रतिवेदन काेषाध्यक्ष चन्द्रमणि चाैधरीले प्रस्तुत गर्नुभएकाे थियाे । संस्थाले आ.व. २०७८/०७९ मा १,७०,९२,१६१ रुपैया बराबरको काराेबार गरेकाे छ भने ८,८०,७२३/१६ रुपैया कुल नाफा गर्न सफल भएकाे संस्थाका सचिव माेहन पाैडेले जानकारी दिनुभयाे ।

कमेन्टहरु