मुख्य समाचार

भीरमा अड्किएका शिक्षकको २२ घण्टापछि सकुशल उद्धार

नवलपुर टुडे
२०७९ अशोज २ | मध्यान्ह ०२:०६ बजे

काठमाडौं, असोज २ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ स्थित छ्यादी खोलाले बगाएर बेपत्ता भएका शिक्षक केशव सिवाकोटीको २२ घण्टापछि सकुशल उद्धार गरिएको छ ।

दोलखाको कालिन्चोक ३ स्थायी घर भई हाल स्थानीय सर्कथली आधारभूत विद्यालयमा पढाउँदै आएका शिक्षक सिवाकोटी शनिबार दिउँसो खोलामा नुहाउने क्रममा एक्कासी चिप्लिएर बेपत्ता भएका थिए ।

शनिबार बेपत्ता शिक्षक फेला नपरेपछि स्थानीय र शिक्षकका परिवारले आस मारिसकेका थिए । तर आइतबार बिहान ५ बजेतिर उक्त खोलाको भिरबाट ‘बचाउ‚ बचाउ; गुहार, गुहार’ भन्ने आवाज बारम्बार सुनेपछि उद्धारको पहल थालिएको थियो ।

शिक्षक सिवाकोटी ढुंगामा अड्किएको अवस्थामा फेला परेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । उनलाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

कमेन्टहरु