Opens in a new tab

जजिराले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान थाल्यो

नवलपुर टुडे

29Shares
dida bag ad

बुटवल । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अब दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।

विमानस्थल कार्यालय भैरहवाका प्रवक्ता सुभास झाका अनुसार बिहान ६ बजे कुवेतबाट आएको जजिरा एयरवेजको जहाज पौने ७ बजे सोही मुलुकका लागि उडेको छ । यसअघि जजिराले सातामा तीन उडान गरिरहेको थियो ।

जजिराले भैहरवामा उडानको पहिलो दिन २ जेठदेखि नियमित उडान गरेको हो । खासगरी वैदेशिक रोजगारीमा जाने नेपालीले यो विमानस्थललाई आधार बनाएर सेवा लिइरहेका छन् । जजिराले भैरहवा हुँदै कुवेतबाट कतारसम्म सेवा दिने गरी सेवा जोडेको छ ।

गौतमबुद्ध विमानस्थलमा ३० अक्टोवरबाट बिज एयरवेजले उडान गर्दैछ । यो दोस्रो वायुसेवा कम्पनी बन्नेछ । भैरहवाबाट आवुधाबीमा नियमित उडान गर्ने गरी यस कम्पनीले अनुमति लिएको छ ।

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे