मुख्य समाचार

कांग्रेस महामन्त्री गगन थापालाई डेंगु संक्रमण

नवलपुर टुडे
२०७९ भदौ ३१ | मध्यान्ह ०४:०५ बजे

काठमाडौं, भदौ ३१ । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ । थापालाई बिहीबार उच्च ज्वरो आएको थियो ।

ज्वरो आउने र टाउको दुख्ने समस्यापछि थापाले ज्ञानेश्वरस्थित सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रमा परीक्षण गराएका थिए । परीक्षण गराउदा थापालाई डेंगु संक्रमण पुष्टि भएको हो ।

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार उनी अहिले घरमै आराम गरिरहेका छन् । आज भने ज्वरो कम भएको जनाएको छ ।

कमेन्टहरु