मुख्य समाचार

भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

नवलपुर टुडे
२०७९ भदौ ३१ | मध्यान्ह ०४:०५ बजे

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले आज नेपाल आयल निगमलाई घटेको नयाँ मूल्यसूची पठाएको छ ।

आजबाट लागू गरी पठाइएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा, डिजेलमा प्रतिलिटर ४४ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा घटेर आएको हो । निगमलाई पेट्रोल बिक्रीबाट प्रतिलिटर ८ रूपैयाँ फाइदा हुने भएको छ । हाल निगमले पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र डिजेल प्रतिलिटर १७८ रुपैयाँमा बिक्री गरिरहेको छ ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि निगमले घाटा भएकोले तत्काल मूल्य घटाउने अवस्था नभएको निगम स्रोतले जनाएको छ ।

कमेन्टहरु