मुख्य समाचार

तनहुँमा आज(बिहिवार)देखि म्यादी प्रहरी भर्ना सुरु

नवलपुर टुडे
२०७९ भदौ ३० | मध्यान्ह ०४:०५ बजे

दमौली । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तनहुँमा बिहिवारदेखि आवेदन दिने कार्य शुरु भएको छ ।

भर्ना प्रक्रियामा सहभागी बन्न आवेदन दिनको लागि आफुले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र, नेपाली नागरिकता र ६ वटा फोटो साथमा ल्याउनु पर्ने छ । भर्ना असोज ६ गतेसम्म लिन सकिने प्रावधान रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सक्ने छन् । दरखास्त सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा दिन सकिने छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्नेहरुले दरखास्त दिन सक्ने छन् ।

दरखास्त दिनेहरु राजनीतिक दलको सदस्य नभएको, आतंककारी संगठनको सदस्य नभएको, फौजदारी अभियोगमा सजाय नपाएको, गर्भवती नभएको र आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको पनि हुनुपर्ने सूचनामा उल्लेख छ ।

कमेन्टहरु