पूर्णचन्द्रको निर्णय प्रभुरामले उल्ट्याए

नवलपुर टुडे


काठमाडौ । नेपाली सेना पृतना संरचनामै फर्किएको छ । मन्त्रिपरिषद्ले भदौ २१ मा विगतमा रहेका ८ पृतना पुनस्र्थापना गर्ने निर्णय गरेको छ ।
सो निर्णयसँगै जंगी अड्डाले पुरानै जिम्मेवारी क्षेत्र तोकेर देशभर पृतना पुनःस्थापना भएको सर्कुलर गरेको छ । बुधवार कार्यरथी विभागका उपरथी सागर बहादुर थापाले हस्ताक्षर गरेर सर्कुलर गरेको पत्रमा भनिएको छ– ‘नेपाली सेनाको ३ जोड १ कमाण्ड अवधारणा यथावत रहनेगरी विगतमा रहेका ८ पृतनाहरू पुनःस्थापना गर्ने, पुनःस्थापित पृतनाहरूलाई विगतमा प्रदान भइरहेको जिम्मेवारी क्षेत्र अनुसार जिम्मेवारी तोक्ने निर्णय भएकोले यो परिपत्र गरिएको व्यहोरा अनुरोध छ ।’
तत्कालीन प्रधान सेनापछि पूर्णचन्द्र थापाले २०७८ साउन १ मा ३ जोड १ कमाण्ड अवधारणा लागू गरेका थिए । सो अवधारणाअनुसार उपत्यकासहित देशभर चारवटा कमाण्ड थिए ।
थापाले शुरु गरेको सो संरचना अहिलेका प्रधान सेनापति प्रभुराम शर्माले उल्ट्याएका छन् । पृतनापतिको प्रमुखमा सहायक रथीको दरबन्दी हुन्छ । कमाण्डमा उपरथीले कमाण्ड गर्दै आएका थिए । सेना पृतना संरचनामा फर्किएसँगै सहायक रथीको दरबन्दी थप्ने चलखेल शुरु भएको सैनिक अधिकारीहरु बताउँछन् ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















