चुनावी कमान्डर एआईजी सहकुल थापाको सरुवा

नवलपुर टुडे
२०७९ भदौ २९ | बिहान ०७:०५ बजे

काठमाडौं । सरकारले गृहसचिव टेकनारायण पाण्डेसँगै नेपाल प्रहरीका एआईजी सहकुल थापाको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका निर्वाचन सेल संयोजक अर्थात चुनावी कमान्डरका रुपमा रहेका थापालाई सरुवा गरेर हो। उनलाई सरुवा गरेर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पठाइएको छ।
मंसिर ४ को चुनाव नजिकिएसँगै सरकारले कर्मचारीहरूको सरुवा र बढुवालाई तीव्रता दिएको छ। थापाको सरुवासँगै कार्यविभागमै कार्यरत डीआईजी वसन्त कुँवरले चुनावी कमाण्ड सम्हाल्ने भएका छन्।
यसअघि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआईजी मुकुन्दराज आचार्यले भदौ २३ देखि अवकाश पाएपछि निर्देशक पद रिक्त थियो। उनलाई शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले नै पहिलो नम्बरमा राख्दै डीआईजीमा बढुवा गरेको थियो।























