मेयर सिंह एक्सनमा रातिमै डोजर लिएर निस्के

नवलपुर टुडे


उमेश दुबे
पर्सा । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले सडक निर्माणको निम्ति रातिमै डोजर लिएर सडकमा उत्रिएका छन । नेपाल र भारतको सीमामा पर्ने मितेरी पुलदेखी वीरगंजको रजतजन्ती चौकसम्मको सडक निर्माणको लागि रातिमै डोजर लिएर मेयर सिंह सडक निर्माणको कार्यमा उत्रिएका हुन ।
व्यपारीक राजमार्गमा पर्ने उक्त सडकले गर्दा सर्वसधारणलाई सास्ती खेप्नु परेको गुनासो मेयर राजेशमान सिंह समक्ष पुग्नसाथ ठेकेदार कम्पनी र सडक बिभाग अन्तर्गत पर्ने व्यपारीक राजमार्गका योजना प्रमुख संग सहकार्य गर्दै सडक निर्माणको कार्यमा उत्रिएका छन । बिगत लामो समयदेखी उक्त सडकको कार्य अलपत्र रहेको कारण स्थानीय तथा पसल संचालकहरुका साथ साथै यात्रीहरुलाई समेत धुलोका कारण सास्ती खेप्नु परेको थियो । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको पहलमा निर्माण भइरहेको उक्त सडकले गर्दा स्थानीयहरु मेयर सिंहको कार्य सराहनीय रहेको बताएका छन ।
यता वीरगंज महानगरपालिकाका अध्यक्ष राजेशमान सिंहले दशै अगावै मितेरी पुलदेखी रजतजन्ती चौकसम्म कालोपत्रे गरी निर्माण कार्य सम्पन्न हुने बिश्वास व्यक्त गर्नुभयो । उहाले यस अनलाइन संग कुरा गर्दै वीरगंज विकासको कार्यमा आफु पछि नहटेको र अगामी दिनहरुमा मुल सडकको कार्य समेत गराई राम्रो वीरगंज, स्वच्छ वीरगंज बनाउनमा कुनै कसर बाकी नराख्ने बताउनु भयो ।

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना

अरुपनि पढ्नुहोस
सबै
मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना
















