टिकटक बनाउने क्रममा खोलाले बगाएर किशोरी बेपत्ता

नवलपुर टुडे


रोल्पा, भदौ २८ । रोल्पाको सुलिचौर दोभानस्थित लुङ्ग्री खोलाले बगाएर सोमबार एक किशोरी बेपत्ता भएकी छिन् । सुर्योदय माविमा अध्ययनरत १४ वर्षीय फरीदा खातुनलाई खोलाले बगाएको हो ।
उनी सोमबार दिउँसो करिब साढे ३ बजेको समयमा आफ्ना साथीहरूसँग घुमघाम गर्न खोला किनारामा पुगेकी थिइन् । साथीहरूसँग खेल्दै टिकटक बनाउने क्रममा खातुनलाई खोलाले बगाएको खातुनका साथीहरूले बताएका छन् ।
हिजो राति स्थानीय र प्रहरीले अबेरसम्म खोजीकार्य गर्दा पनि उनलाइ फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता एवम् सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए । आज बिहानैदेखि प्रहरी निरीक्षक प्रकाश वाग्लेको कमाण्डमा स्थानीय र प्रहरी मिलेर खोजीकार्य गरिरहेको प्रहरीले जनाएको छ ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















