मुख्य समाचार

सुपारी, केराउ र मरिचको आयात खुलायो

नवलपुर टुडे
२०७९ भदौ २८ | बिहान ०७:०५ बजे

काठमाडौं । सरकारले सुपारी, केराउ र मरिचको आयात खुल्ला गरेको छ । यी वस्तुको आयाता खोलिएको सूचना सरकारले राजपत्रमा प्रकाशित गरेको छ ।

यसअघि सरकारले राजपत्रमा सूचना निकालेर २०७६ चैत २४ गते उल्लेखित तीन वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार एचएसकोड ०७१३.१०.०० (केराउ), एचएसकोड ०८०२.८०.०० र एचएसकोड ०९०४.११.३० (कालो मरिच) को आयात गर्न अनुमति दिने निर्णय गरिएको हो ।

उत्पादनमुलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थका रुपमा मात्रै सो वस्तुको आयात खुल्ला गरिएको जनाइएको छ। यद्यपि व्यापारिक प्रयोजनका लागि पनि आयात हुने गरेको छ ।

आम निर्वाचन निकिँदै गर्दा सरकारले आयात खुलाउनुलाई चुनावी फण्डा त होइन भनेर शंकाका रुपमा पनि हेर्न थालिएको छ ।

कमेन्टहरु