उखुमा रेड रड रोगको समस्या, किसान चिन्तित

नवलपुर टुडे


कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका ८ का किसानले रोपेका उखु खेतीमा रेड रड(रातो सडन) रोग समस्या देखा परेको छ । किसानले ६० विघा बढी जग्गामा रोपेको उखुमा सो रोग देखापरेको हो ।
पानी जम्ने खेतमा रोपिएको उखुमा रोग देखा परेको नगरपालिकाको कृषि शाखाका प्रमुख सुमनराज भट्टले जानकारी दिए । “किसानले रोपेको १५ विगाह बढीको उखु पुरै सखाप भएको छ” उनले भने, “अरु किसानको १० प्रतिशत देखि ८० प्रतिशत सम्म उखु बालीमा रोगले नोक्सानी गरेको छ ।” सिओ २३८ र सिओ २०८ जातको उखुमा रोग बढी देखा परेको छ । “यस रोगका कारण उखुका पात सुक्ने र उखुलाई चिरेर भित्र हेर्दा पुरै रातो देखिने गरेको छ, उखु सडेर नराम्रो गन्ध समेत आउछ, यो एक प्रकारको उखुमा लाग्ने क्यान्सर नै हो” शाखा प्रमुख भट्टले भने, “यसको रोकथामका लागि किसानलाई ढुसिनासक विषादी उपलब्ध गराउने कार्य भैरहेको छ ।” चिनी मिलले समेत किसानलाई सल्लाह संगै विषादी उपलव्ध गराएको छ ।
उखु खेती गरेका किसान कर्मु रानाले उखु बालीमा रेड रड नामक रोगले नोक्सानी गर्न थालेको बताए। “उखु खेती गरिएको पाँच विघा जग्गाको धेरै ठाउमा रोग देखा परेको छ” उनले भने, “रोगबाट उखु जोगाउनका लागि ढुसिनासक बिषादी छर्कने कार्यमा जुटेको छु । रोपेको १० प्रतिशतमा रोग देखिएको छ ।” अर्का किसान भम्टा रानाले तीन विघा जग्गामा उखु खेती गरिएको मध्ये एक विघा जग्गाको उखु रोगका कारण पुरै सुकेर नोक्सानी भएको बताए ।
“ऋण लिएर उखु खेती गरेको थिए” उनले भने, “उखु रोगका कारण सुकेपछि रु तीन लाख बढीको नोक्सानी व्यहोर्नु परेको छ ।” “शुरुआतमै रोग लाग्न लागेको बेला ढुसिनासक विषादी छर्किए यसले नियन्त्रण गर्छ” उखु किसान असारे वडाकले भने, “रोग लागि सकेपछि नियन्त्रण गर्न गाह्रो हुन्छ ।” व्यापक रुपमा रोग फैलिएकाले उखु काटिदा सम्म निकै नोक्सान पुर्याउने उनले बताए ।
अहिले सम्म १५० किसानले रोपेको उखु बालीमा नोक्सानी भएको छ । यसबाट उनीहरुले रु ५० लाख बढीको नोक्सानी व्यहोरेका छन । नगरपालिकाको कृषि विकास शाखाका कृषि प्राविधिक हरिश सेठीका अनुसार यस रोगको लक्षण साउनबाट उखुमा लाग्न सुरु हुन्छ । यसको बेलैमा उपचार गरिएन भने पछि यसले उखुमा धेरै नोक्सान पुर्याउँछ । रासस

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















