ज्यान मार्ने उद्योगका अभियुक्त धर्मेन्द्र यादवको मोवाइलमा एसपीको फोन

नवलपुर टुडे


पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साको मुद्दा शाखाबाट पक्राउ गर्न निर्देशन दिइएको फरार अभियुक्त धर्मेन्द्र यादवको मोवाइलमा पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले फोन गरी घरबाट भाग्न निर्देशक दिएका छन ।
पर्सा प्रहरी प्रमुख रमेश बस्नेतको छत्र छायामा पल्किदै आएका अपराधी धर्मेन्द्र यादवलाई प्रहरीकै संरक्षण हुने गरेको बारे फोन कलबाट प्रमाणित हुन्छ । जिल्ला प्रहरी कार्यालय पर्सालाई केही रकमको लोभमा बिक्रि नै गरिसकेका प्रहरी उपरीक्षक रमेश बस्नेतले आफ्नो स्वार्थमा अन्धो भई अपराधीलाई संरक्षण गर्ने गरेको रहस्य खुलेको हो ।
चोरीका साथ साथै ठगी र ज्यान मार्ने उद्योग मुद्दा समेत दर्ता रहेका धर्मेन्द्र यादव पर्सा प्रहरीकै संरक्षणमा बस्ने गरेको रहस्य बाहिरीएको हो । गत आईतवार अपरान्ह करिब ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख रमेश बस्नेतले फरार सुचिमा रहेका अभियुक्त धर्मेन्द्र यादवको मोवाइलमा फोन गरी फरार नै गराएका थिए ।
शनिवार राति यस अनलाइनले पर्सा प्रहरी प्रमुख रमेश बस्नेत र फरार अभियुक्त बिच गरेको कुराकानी लगायत सम्बन्धको बिषयमा समाचार सम्प्रेशन गरेको थियो । समाचार सम्प्रेशन हुनासाथ जनगुनासो डेली डटकमका प्रवन्ध निर्देशक उमेश दुबेलाई आफ्नो नाम बदनाम नगर्न आग्रह गर्दै छिपहरमाई गाउँपालिकाको अध्यक्ष मनोज गुप्ताको आदेशमा पक्राउ गर्न नसकिएको समेत स्विकार गरे । उहाँले यस बिषयमा आफ्नो नाम नजोड्न र आफ्नो फोटो राखी समाचार नबनाउन आग्रह समेत गरेका थिए ।
यता पर्सा प्रहरी प्रमुख रमेश बस्नेतले ढाकछोप गर्दै आएका अभियुक्तले लेखेको स्टेटस देख्दै इलाका प्रहरी कार्यालय पोखरीयालाई आदेश समेत गरेका थिए । पक्राउ गर्न आदेश दिए लगतै प्रहरी उपरीक्षक रमेश बस्नेतले अभियुक्त धर्मेन्द्र यादवलाई फोन गरी फरार हुने सुझाव समेत दिएको बारे उहाँकै कर्मचारीबाट खुलेको छ । पक्राउ गर्ने बिषयमा पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीलाई समेत फोन गरी अब पक्राउ गर्ने बताएपछि सुचना बाहिरिएको प्रहरी श्रोतकै भनाई रहेको छ ।
यता ढाकछोप गर्दै आउनु भएका प्रहरी उपरीक्षक राजनीतिक दवाबमा पक्राउ गर्न नसकिएको स्पष्ट बुझन सकिन्छ । जसका कारण स्पष्ट बुझन सकिन्छ, एसपी नेकपा एमालेको राजनीतिकर्मी मनोज गुप्ता कै इशारामा हिड्ने गरेको प्रमाणित हुन्छ । यस बिषयमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआईजी मसाउद अलि खाले फरार अभियुक्तलाई कुनै हालतमा नछोडिने बतााउनु भयो । उहाँले जिल्ला प्रहरी प्रमुख रमेश बस्नेतलाई फरार अभियुक्तलाई पक्राउ गर्न निर्देशन दिएको र छिटै नियन्त्रणमा आउने बताउनु भयो ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















