जनकपुरधाममा २०५ किलोको माला लगाएर ओलीको स्वागत

नवलपुर टुडे
२०७९ भदौ २७ | मध्यान्ह ०४:०५ बजे

जनकपुरधाम, भदौ २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरधाममा २०५ किलोको माला लगाएर स्वागत गरिएको छ ।
सोमबार जनकपुरको तिरहुतियागछीमा एमाले जिल्ला कमिटीले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा रघुवीर महासेठ, जुली महतो, जिल्ला अध्यक्ष राजकिशोर यादव लगायतका नेताले उनलाई स्वागत गरेका हुन् । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी झन्डै ६ हजार व्यक्ति एमाले प्रवेश गरेको नेताहरूको दाबी छ ।
जसपाका मधेस प्रदेससभा सदस्य अंजु कुमारी यादव, नेकपा एसका नेता तथा संविधानसभा सदस्य एवं पूर्वराज्यमन्त्री अरबिन्द साह, कांग्रेस धनुषाका पूर्व उपसभापति सन्तोष यादव लगायतका दर्जनौं नेताहरूलाई एमाले अध्यक्ष ओलीले पार्टी प्रवेश गराएका छन् ।























