आज सत्ता गठबन्धनको बैठक बस्दै, कार्यदलको प्रतिवेदनमाथि छलफल हुने

नवलपुर टुडे
२०७९ भदौ २४ | बिहान ०६:०५ बजे

काठमाडौ । सत्ता गठबन्धनको शीर्ष नेतृत्वको बैठक आज पनि बस्ने भएको छ । बैठकमा सिट बाँडफाँडबारे कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।
कार्यदलको प्रतिवेदनको अध्ययनपछि शीर्ष नेतृत्वले थप छलफल गरेर सिटको भागबण्डाको संख्यालाई अन्तिम रूप दिने बताइएको छ ।
कार्यदलले बिहीबार शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा सिट संख्या भने तोकिएको छैन । कार्यदलले गठबन्धनबीच सिटबारे सहमति जुटेको क्षेत्र र नजुटेको क्षेत्रसमेत समेटेर प्रतिवेदन तयार गरी बुझाएको बताइएको छ ।
सिट संख्यामा भने कार्यदलमा पनि अझैसम्म सहमति जुट्न सकेको छैन ।























