सेना र प्रहरीलाई १० दिनभित्र बहाल कर बुझाउन महानगरको पत्राचार

नवलपुर टुडे


काठमाडौं, भदौ २३ गते । काठमाडौं महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरीसहित १० वटा निकायलाई १० दिनभित्र बहाल कर बुझाउन पत्राचार गरेको छ । बिहीबार महानगरका विभागीय प्रमुख डा. शिवराज अधिकारीले नेपाली सेना, नेपाल प्रहरी र समाज कल्याण परिषद्सहित १० निकायले आफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको भन्दै बहाल कर बुझाउन अनुरोध गर्नुभएको हो ।
महानगरले पटक–पटक पत्र लेखी कर बुझाउन ताकेता गर्दा पनि हालसम्म बहाल कर नबुझाएको भन्दै १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर र सो को जरिवानासहित बुझाउन प्रमुख अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।
अन्यथा, राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह बाँकी कर असुलउपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने महानगरले जनाएको छ । काठमाडौं महानगरले नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्साल, समाज कल्याण परिषद् लैनचौर, शङ्करदेव क्याम्पस, आर.आर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रङ्गशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई बहाल कर तिर्न पत्राचार गरेको छ ।



झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















